सिटी एक्सप्रेस १९ औ वर्षमा : आगामी दिनमा अझ सुदृढ सेवा दिने प्रतिवद्धता

news-details

नीजि क्षेत्रको अग्रणी रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर आज असार २७ गते १८ वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ ।

बार्षिकोत्सवको अवसर पारेर एक भिडियो सन्देश जारी गर्दे सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टन्डनले सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८ वर्षसम्मको निरन्तर यात्रामा सहयात्री भइ साथ दिने ग्राहक, शुभचिन्तक, नियामक निकाय एवं साझेदार संस्थाहरुलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा अझ सुदृढ सेवा र सुबिधा दिंदै ग्राहकहरुको जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

‘यस कम्पनीलाई यहाँसम्म ल्याउनका लागी विभिन्न देशका हाम्रा साझेदार संस्थाहरु, नेपालमा रहेका स्थानिय प्रतिनिधिहरु, नेपाल राष्ट्र बैंक, नेपाल सरकार लगायतलाई म हृदयदेखी नै धन्यवाद दिन चाहान्छु । साथै, सिटी एक्सपे्रस मनि ट्रान्सफरलाई यहाँसम्म ल्याई पु¥याउनका लागी अहोरात्र खट्नुहुने हाम्रा कर्मचारी साथीहरु र विदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सेवा गर्ने अवसर दिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु’ टन्डनले भने ‘सिटी एक्सपे्रस गत वर्ष मात्र नेपाल सरकारबाट सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्स कम्पनीहरुको क्षेत्रमा नम्बर एकमा पर्न सफल भएको छ र यो तपाईहरुकै कारणले सफल भएको हो ।’

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै “जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस” भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै विगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया