११ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग
- असार २०, २०८२
- 0
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ११ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।
कार्यालयले आज एक सूचना जारी गरी कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।
कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालोसूचीमा राख्न निवेदन परेकोले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिनभित्र स्पष्टीकरण पेस गर्न पुन सूचना जारी गरिएको हो ।
कालो सूचीमा सिफारिस भएका निर्माण व्यवसायी र आपूर्तिकर्ता
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











