विदेशको कमाईलाई स्वदेशको विकासमा जोड्ने पुल हो आइएमई : पौडेल

news-details

नेपालको अग्रणी रेमिट्यान्स कम्पनी इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) भर्खरै स्थापनाको २५ बर्ष मनाएको छ । आइएमर्ईले यो अवधीमा प्रवासी नेपालीहरुको श्रमको सम्मान मात्र गरेको छैन, देशको आर्थिक संवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

एउटा कोठाबाट संस्थापक चन्द्रप्रसाद ढकाल र हेमराज ढकालले शुरु गरेको आइएमई अहिले रेमिट्यान्सको पर्यायवाचक नै बनेको छ ।

विदेशको कमाईलाई सुरक्षितरुपमा परिवारसम्म पु¥याउने मात्र नभएर आम नेपालीहरुको शिक्षा, स्वास्थ्य तथा गुणस्तरीय जीवन यापनको माध्यम बन्न आइएमई सफल भएको छ । विदेशको कमाई वा आर्जनलाई स्वदेशको समग्र विकासमा जोड्ने एक पुलको रुपमा आइएमई निरन्तर क्रियाशिल रहेको छ ।

आइएमईका प्रमुख कार्यकरी अधिकृत दिवाकर पौडेलले २५औं बार्सिकोत्सव समारोहलाई सम्बोधन गर्दै २५ वर्ष अगाडिका दिनमा नेपालीहरूले विदेशी भूमिमा कमाएको रकम स्वदेश पठाउन सहजीकरण गर्न स्थापना भए पनि अहिले आइएमई देश विकासको दरिलो खम्वा भएको बताएका छन् ।

प्रमुख कार्यकरी अधिकृत पौडेल आइएमईको २५ बर्ष, नेपालमा रेमिट्यान्स र आगामी योजनाका विषयमा यसरी प्रस्तुत भएका छन् :

समर्पण र पेशागत दक्षतानै हाम्रो पहिचान र सफलताको आधार हो । धेरै नेपालीहरुले विदेशि भूमिमा पसिना बगाई रहेका थिए, विदेशमा रहेका कठोर श्रमको कमाई आफ्ना परिवारसम्म पु¥याउने माध्यम सिमित र मंहगो थियो । वेस्टर्न यूनियन र मनिग्राम जस्ता बहुर्राष्ट्रिय कम्पनिहरुले नेपालको रेमिट्यान्स सेवामा प्रवेश गर्न खोजी रहेका थिए । त्यस्तो जटिल परिस्थितीमा आफ्नो देशमा आफ्नै जनशक्तिलाई विश्वास गरेर आफ्नै आवश्यक्ता र समस्याहरुलाई बुझेर सुरुवात गरिएको आइएमई आज एउटा सशक्त व्यवसायिक ग्रुपको रुपमा स्थापित भएको छ ।

२५ वर्षको यात्रामा रेमिट्यान्स सेवा एउटा सामान्य कारोबार मात्र रहेन र यो आम नागरिकको जिवनको अभिन्न अङ्ग बनेको छ । नेपालको सामाजिक, आर्थिक रुपान्तरणको प्रमुख कारण बनेको छ । जीवन यापनको मुख्य स्रोत मात्र नभएर यसले नागरिकको शिक्षा, स्वास्थ्य लगायतका गुणस्तरीय जीवन यापनमा समेत प्रत्यक्ष योगदान पु¥याएको छ ।

वास्तवमा आज रेमिट्यान्स नेपाली अर्थतन्त्रको मेरुदण्ड बन्न पुगेको छ । नागरिकको आय आर्जनको मुख्य श्रोत र अर्थतन्त्रको बलियो खम्बाको रुपमा रहेको रेमिट्यान्सलाई औपचारिक माध्यमबाट नेपाल भित्राउन आइएमर्ईले महत्वपूर्ण योेगदान पुर्‍याउदै आएको विश्वास गरेका छौँ । आइएमर्ईले प्रवासी नेपालीहरुको श्रमको मात्र सम्मान गरेको छैन, देशको आर्थिक संवृद्धिमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । प्रवासी नेपालीको मिहिनेतको कमाईलाई सुरक्षित रुपमा परिवारसम्म पुर्‍याउने मात्र नभएर बहुसांख्यीक नेपालीहरुको शिक्षा, स्वास्थ्य तथा गुणस्तरीय जीवन यापनको माध्यम बन्न सफल भएको छ । विदेशको कमाईलाई स्वदेशको समग्र विकासमा जोड्ने एक पुलको रुपमा कार्य गर्न सफल भएका छौँ ।

निरन्तर केहि वर्षदेखि नेपाल सरकारबाट रेमिट्यान्स कम्पनीहरु मध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा तथा नेपाल राष्ट्र बैंकबाट समेत सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनीको रुपमा सम्मानीत हुनु यसको बलियो प्रमाण हो ।
वास्तवमा आइएमर्ईको यात्रा एउटा कम्पनीको सफलताको कथा मात्र नरहेर समग्र नेपालीको सपना साकार बनाउने, देशभित्रै रोजगारी सृजना गर्ने, स्वाभिमानका साथ आत्मनिर्भर बन्ने यात्राको कथा बनेको छ । आइएमईले आज जुन उचाई प्राप्त गरेको छ त्यो सजिलै हासिल भएको भने पक्कै हैन ।

सुरुवाती समय चुनौतीले भरिएका थिए, व्यवसाय एकदमै न्यून थियो भने नागरिकले सजिलै विश्वास गरिहाल्ने अवस्था पनि थिएन । आजको यस विशेष अवसरमा मैले भन्नै पर्ने हुन्छ २५ वर्ष अगाडि असम्भव जस्तै देखिने बाटो रोजेर सम्भावनाको मार्ग कोर्न कम्पनीका संस्थापक अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा सहसंस्थापक हेमराज ढकालको नेपालमै बसेर पनि केहि गर्न सकिन्छ, नेपालमै बसेर विश्व जित्न सकिन्छ भन्ने अठोट साच्चै नै पे्ररणादायी रहेको छ ।
उहाँहरुको दुरदर्शी भिजन, अथक मिहिनेत, प्रेरणादायी अभिभावकत्व एवम् रणनितीक नेतृत्वले समस्त चुनौतीहरुलाई अवसरमा बदल्न तथा जिम्मेवारी पूर्वक अघि बढ्न हामीलाई उत्प्रेरित गरिरहेको छ । जसको परिणामस्वरुपनै आज आइएमर्ई एक अलग पहिचान बनाउन सफल भएको हो ।

यो सफलतामा आइएमर्ई मात्र हैन तपाई हामी सबै हिस्सेदार छौँ भन्ने मेरो विश्वास रहेको छ । विश्वभर परिश्रम गरिरहनु भएका नेपालीहरु, व्यवसायिक साझेदारहरु, ग्राहक, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विभिन्न नियामक निकायहरु तथा सञ्चार माध्यमहरु सबैको विश्वास, साथ, सहयोग र सुभेच्छाले मात्र यो सफलता हाँसिल भएको हो भन्ने मैले बुझेको छु ।

सफलता प्राप्त गर्न जति सजिलो छ, त्यसलाई कायम राख्न झनै गाह्रो छ । पक्कै पनि हामी माझ चुनौतीहरु थपिएका छन्, प्रतिस्पर्धा बढ्दो छ, सेवाग्राहीको अपेक्षा एवम् आवश्यक्ता बदलिएका छन् तर कर्मचारी व्यवस्थापनले यसलाई चुनौती नभएर एक अवसरको रुपमा लिएको पनि म विश्वास दिलाउन चाहान्छु ।

नेतृत्वको मार्गदर्शन तथा बजारको परिवर्तित ट्रेन्डलाई मध्यनजर गर्दै हामीले हाम्रा व्यवसायीक रणनिती तथा योजनाहरुलाई परिमार्जन गर्दै अघि बढ्ने प्रयास गरिरहेका छौ । हामीले प्रवाह गर्ने सेवा सम्पादनहरुलाई सम्भव भएसम्म स्वचालित बनाउने प्रयासमा लागेका छौँ । प्रविधिको उच्चतम प्रयोगको माध्यमबाट डिजिटलाईज रेमिट सेवा, लागत न्यूनिकरण तथा उच्च प्रतिफललाई आफ्नो प्रमुख कार्यदिशा बनाएर कार्य गरिरहेका छौ ।

नेपालको दुरदराजसम्म डिजिटल रेमिट्यान्स सेवाको पहुँच पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेका छौँ । यस कार्यमा थप क्रियाशील हुन म सम्पुर्ण सहकर्मी साथीरुलाई आग्रह समेत गर्दछु । नेपाल सरकारले डिजिटल अर्थतन्त्र निर्माणका लागि गर्दै आएका प्रयासहरु अत्यन्तै सरहानीय रहेको हामीले अनुभव गर्दै आएका छौँ । यद्यपी नेपालको भौगोलिक कठिनाई, डिजिटल पुर्वाधारको अभाव, वित्तिय साक्षरताको कमी आदिका कारण आज पनि धेरै नागरिकहरु सहज वित्तिय पहुँचभन्दा बाहिर रहेको तथ्याङ्कहरुले देखाई रहेका छन् ।

बैंकिङ सेवा लिन दुई दिनसम्म हिडेर जानु पर्ने दुःखद तथ्य हामीमाझ रहेको छ । निर्माण क्षेत्रमा काम गर्ने मजदुर, विद्यार्थी, अस्पताल जाने बिरामी लगायतले अझैपनि नगद बोकेर हिड्नु पर्ने बाध्यता बिद्यमान रहेको छ । तसर्थ दुरदराजमा रहेका नागरिकहरुलाई सहज र औपचारीक वित्तीय कारोबारका मुुल प्रवाहमा जोड्न विदेशी रेमिट्यान्स मात्र हैन आन्तरिक रेमिट्यान्सको महत्व पनि त्यति नै रहेको छ ।

हाल रोक लगाइएको आन्तरिक रेमिट्यान्स सेवालाई पुन सुचारु गर्न सके नागरिकको जनजिवन सहज हुने मात्र नभई समग्र अर्थतन्त्रलाई चलायमान गराउन महत्वपूर्ण योगदान पुग्नेछ । सरकारलाई तत्काल यो सेवालाई सुचारु गर्न अनुरोध समेत गर्न चाहान्छु ।

त्यसैगरी रेमिट्यान्स आफैमा सीमित कार्य क्षेत्र भएको सेवा समूहमा पर्दछ । लगानी एवम् पुँजीको आकार बढ्दै जाँदा सीमित कार्य क्षेत्रले लगानी अनुुरुपको प्रतिफल दिन सकिरहेको पाईदैन । त्यसैले पुँजी एवम् नेटवर्कका आधारमा सञ्चालनमा रहेका रेमिट्यान्स कम्पनीहरुको वर्गिकरण गरी क्षमता अनुसारको कार्यक्षेत्रको दायरा फराकिलो बनाउदै लैजानु आजको आवश्यक्ता हो भन्ने ठानेको छु । कम्पनीको क्षमता अनुसार कार्यक्षेत्र विस्तार गरि थप सेवा गर्ने अवसर प्राप्त हुनेछ भन्ने आशा राखेको छु ।

अन्त्यमा आजको दिन केवल बिगतको सफलताको उत्सव मात्र नभएर उज्वल भविष्यको नयाँ संकल्पको सुरुवात पनि बन्ने छ । हामीले पाएका उपलब्धीहरुलाई अझ मजबुत पार्नलाई आगामी वर्षहरुमा नयाँ उचाईहरु चुम्ने दीर्घ अठोटका साथ हामी अगाडि बढ्ने छौ भन्ने विश्वास दिलाउन चाहन्छु ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया