सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
- चैत्र ३१, २०८१
- 0
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजारले बढेर १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो ।
त्यस्तै,चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










