रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले बढयो, असोजमा हालसम्मकै धेरै १ खर्ब ४४ अर्ब रेमिट्यान्स भित्रियो
- मंसिर ४, २०८१
- 0
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा भित्रिएको रेमिट्यान्स गत आवको सोही अवधिको तुलनामा ११.५ प्रतिशत बढी रहेको छ । अमेरिकी डलरमा तीन महिनामा ३ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार असोज महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । एक महिनामा भित्रिएको यो रेमिट्यान्स हालसम्मकै उच्च हो । यस्तै साउन र भदौमा कुल २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । साउन, भदौ र असोज महिनामा कुल ४ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










