विद्युत काटिएका उद्योगमा लाइन जोड्ने प्राधिकरण बोर्ड बैठकको निर्णय
- कार्तिक २७, २०८१
- 0
नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको आज बसको बैठकले विद्युत काटिएका २८ वटा उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । गत आइतबारको मन्त्रिपरिषद्को बैठकले विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयको पत्र हिजो साँझ प्राधिकरण पुगेको थियो । हिजै साँझ ऊर्जा मन्त्रालयले पत्रकार सम्मेलन गरेर विद्युत काटिएको उद्योगमा लाइन जोड्ने र टाइम अफ डे ९टीओडी० मिटरको आधारमा विद्युतको बक्यौता उठाउने निर्णय गरेको थियो ।
आज ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसहित बसेको सञ्चालक समितिको बैठकले विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले विद्युत काटिएको उद्योगमा लाइन जोड्ने निर्णय भएको बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










