खरिद ऐनमा भएका समस्याहरुको समाधान चाँडै गर्छौ : मन्त्री भण्डारी
- साउन २८, २०८१
- 0
उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले सार्वजनिक खरिद ऐनमा भएका समस्याहरुलाई प्राथमिकताका साथ समाधान गर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सबै खाद्य वस्तुहरु सहज रुपमा उपलब्ध गराउनुपर्ने,े सुपथ मूल्यलाई व्यवस्थित गर्नुपर्ने पनि औंल्याए ।
उनले भने,‘सार्वजनिक खरिद ऐनमा अवरोध छ । विधिवत रुपमा नियमावली कम्पनी सञ्चालनमा अवरोध छ भने नीतिगत रुपमा केही प्रश्नहरु उब्जिएकाले समाधान गर्नुपर्नेछ ।’
उनले एउटा कुनै अमुख चीजलाई देखाइदिएर आफूले उन्मुक्ति पाउने कुरा स्वभाविक नहुने भएकाले सबैको निगरानी गरिने बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










