पेट्रोलियम पदार्थको मूल्य घट्यो
- साउन १६, २०८१
- 0
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मुल्यमा २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।
नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोल लिटरको १७० रुपैयाँ पर्नेछ । झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्नेछ ।
डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्नेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










