चार दशमलव ६२ अंकले घट्यो नेप्से
- असार २४, २०८१
- 0
आज(सोमबार) सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक आज ४ दशमलव ६२ अंकले घटेर २१३६ दशमलव ३५ को विन्दुमा पुगेको छ ।
आइतबार ३२४ कम्पनीको ५९ हजार ९ सय ७४ पटकको कारोबारमा १ करोड ४ लाख ७५ हजार १ सय ८१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १ सय ६ रुपैयाँ रहेको छ ।
१३ उपसमूहमध्ये फाइनान्स, माइक्रोफाइनान्स र अन्य कम्पनी सामान्य बढ्दा १० वटा घटेको छ । आज सर्वाधिक घट्नेमा होटेल र पर्यटन रहेको छ । एनआरएन इनफ्रास्ट्रक्चर कम्पनीको कारोबार सर्वाधिक भएको छ ।
आज समाज लघुवित्तका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने एनआइसी एसिया डिभेन्चरले ६ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, सिन्धु विकास बैंक र डोर्डी खोला जल विद्युत् कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ० दशमलव ७६ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ० दशमलव २७ अंकले घटेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ३० अंकले घटेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










