साताको पहिलो कारोबार दिन नेप्से २१ अंकले बढ्यो
- असार २३, २०८१
- 0
साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २१.२७ अंकले बढेर बन्द भएको हो ।
दुई हजार एक सय दशमलब ४० दशमलब ९७ विन्दुमा पुगेर बन्द भएको हो । नेप्सेमा आज पाँच कम्पनीको शेयर मूल्य पाँच प्रतिशतले बढेको छ । आज मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्यमा उच्च गिरावट आएको छ ।
यो कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि एनआरएन इन्फाइन्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको २१ करोड ७१ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेमा आज ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १५० वटाको बढेको छ भने ८२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










