क्रसर उद्योग नविकरणको माग राख्दै व्यवसायी आन्दोलित
- असार ९, २०८१
- 0
क्रसर, बालुवा तथा खानी उद्योगहरु तत्काल नवीकरणको माग राख्दै क्रसर व्यवसायीहरूले शान्तीपुर्ण सडक प्रदर्शन गरेका छन् ।
क्रसर, बालुवा तथा खानी उद्योग नियमानुसार नवीकरण गर्नुपर्ने, २०७९ माघ ११ गतेको मन्त्रीपरिषद्को बैठकले ढुंगा गिट्टीसम्बन्धी भएको निर्णय कार्यान्वयन गर्नुपर्ने लगायत मागहरु राख्दै क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
उनीहरुले ‘क्रसर, बालुवा तथा खानी उद्योगहरु तत्काल नविकरण गर’, ‘स्वदेशी पुँजी लगानीको सुरक्षा गर’, ‘मन्त्रिपरषद्को निर्णय कार्यान्वयन गर’ लगायतका प्लेकार्ड बोकेका थिए ।
व्यवसायीहरूले सरकारले क्रसर उद्योगीहरूको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










