चन्द्र ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्ड
- बैशाख २७, २०८१
- 0
नेपाल चाटर्ड एकाउन्टेन्ट संघले उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई कर्पाेरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ । ढकाललाई विहीबार एक कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानपत्रसहित खादा लगाएर सम्मान गरे ।
बिहीबार काठमाडौंमा आयोजित भेषमा आर्थिक सम्भावना बढाउन संकट सम्बन्धी राष्ट्रिय सम्मेलनमा अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, रोजगारी सिर्जना ,सामाजिक,आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मानबाट सम्मानित गरिएको हो ।
सम्मान ग्रहणपछि अध्यक्ष ढकालले राष्ट्रपतिबाट सम्मान लिने अवसर पाउँदा भावुक भएको बताए । उनले उक्त सम्मानले भविष्यमा अफ आफूलाई थप जिम्मेवार बनाउने प्रतिक्रिया दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










