‘आइएमई पे’ एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शत प्रतिशत क्यास ब्याक र पुरस्कारहरू जित्ने मौका
- चैत्र १८, २०८०
- 0
नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी ‘जेट सेट रिवार्ड’ नामक अफर ल्याएको छ । यो अफर अन्तर्गत आइएमई पे एप मार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १००५ क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौका पाउनेछन् ।
यहि चैत ६ देखि जेष्ठ मसान्त सम्म तिन महिनाको लागि चल्ने सो अफरका ३ जना भाग्यशाली विजेताको नाम आइएमई पे को सामाजिक सन्जालमा सार्वजनिक गरिने छ । यसमा पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको १००५ क्यास ब्याक पाउनेछन् । दोस्रो विजेताले द लेकसाइड रिट्रिट- पोखराको प्याकेज जित्न सक्नेछन भने तेश्रो विजेताले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेज जित्ने मौका पाउनेछन् ।
यसको साथै आइएमई पे मार्फत टिकट खरिद गर्ने ग्राहकहरुले हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्नेछन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










