पेट्रोलियम पदार्थमा मूल्य बृद्धि : पेट्रोल, डिजल र मट्टिटेलमा २ रूपैयाँ मूल्य बढयो
- फाल्गुन ३, २०८०
- 0
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको जनाएको छ । निगमको सञ्चालक समितिको बैठकले विहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो ।
पेट्रोलियम पदार्थ अन्तर्गत पेट्रोल, डिजल र मट्टिटेलमा २ रूपैयाँ मूल्य बृद्धि भएको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको छैन । निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९.५०, १७१ र १७२ तथा डिजेल÷मटिटेल क्रमशः १५७.५०, १५९ र १६० रूपैयाँ तोकेको छ ।
इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १.८३ रूपैयाँ र डिजेलमा १.५६ रूपैयाँ बढेर आएको पनि निगमले सूचनामा जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










