सेयर बजारमा उच्च अंकको गिरावट
- माघ ८, २०८०
- 0
सेयर कारोबार साताको दोस्रो दिन नेप्से परिसूचक ३१.४९ अंकले घटेको छ ।
सोमबार सेयर बजार परिसूचक नेप्से ३१.४९ अंकले घट्दै २०९८.६९ अंकमा झरेर बन्द भएको छ ।
कारोबारको यस दिन ३६ कम्पनीको सेयर बढेकोमा २ सय ९ कम्पनीको सेयर मूल्य घटेको छ । २ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज ३ सय ७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, ज्ञादी ग्रुप अफ पावर, अपी पावर, सन नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर अगाडि छन् । हिमालयन रिइन्स्योरेन्सको ७८ करोड ६३ लाखको सेयर कारोबार भएको छ भने ज्ञादी ग्रुपको ३१ करोड र अपि पावरको २४ करोडको कारोबार भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










