सवा २ करोड नगदसहित व्यापारी नरेश अग्रवाल पक्राउ
- माघ ५, २०८०
- 0
राजस्व अनुसन्धान विभागले कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ ।
बिहीबार राति विभागको टोलीले क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मार्दा ३ हजार डलर र २ करोड १५ लाख रकम बरामद भएकाले उनलाई नियन्त्रणमा लिइएको विभागले जानकारी दिएको छ ।
अग्रवालसँगै थप २ जना सहयोगीलाई पनि राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ । अरु २ जनाको नाम भने खुलाइएको छैन ।
अग्रवाल हुण्डी र क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आशंका गरिएको छ । उनीमाथि कर चुहावटको आरोप लागेको छ ।
अग्रवाल अवैध धन्दामा लागेको आशंकामा विभागले लामो समयदेखि निगरानी गर्दै आएको थियो ।
उनीमाथि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










