लाइन काटिएका उद्योगमा पुन: विद्युत लाइन जोड्ने प्राधिकरणको निर्णय
- पुस २७, २०८०
- 0
नेपाल विद्युत प्राधिकरणले लाइन काटिएका उद्योगमा पुन: लाइन जोड्ने निर्णय गरेको छ ।
आज बिहान बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले लाइन जोड्न निर्णय गरेको हो । यसअघि डेडिकेटेड फिडर तथा ट्रंक लाइन विद्युतको बक्यौता रकम नबुझाएको भन्दै प्राधिकरणले लाइन काटेको थियो ।
मन्त्रिपरिषद् बैठकले उद्योगमा लाइन जोडिदिन निर्देशन दिएपछि प्राधिकरणले पुन: जोडन लागेको हो ।
प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका २४ उद्योगको लाइन काटेको थियो । भने, ६१ वटा उद्योगले २४ अर्बभन्दा धेरे बक्यौता तिर्न बाँकी रहेको बताएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










