आज काठमाडौंका चाबाहिल-बौद्ध लगायतका क्षेत्रमा ४ घन्टा बिजुली काटिने
- पुस २१, २०८०
- 0
आज काठमाडौंको चाबाहिल देखि बौद्ध लगायतका क्षेत्रमा चार घन्टा बिजुली काटिने भएको छ।
उक्त क्षेत्रमा बिजुलीको लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले डाँछी फिडर आज बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म बन्द गर्नुपर्ने विद्युत् प्राधिकरणले जनाएको छ।
फिडर सटडाउन गर्दा त्यसअन्तर्गत पर्ने चाबाहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ।
निर्धारित समयअगावै काम सकिएमा अगाडि नै विद्युत सेवा सुरू हुने उनले बताए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










