पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो (मूल्यसूचीसहित)
- मंसिर १४, २०८०
- 0
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूख्य घटाएको छ।
आज राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ १२ पैसा र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ ९ पैसाले मूल्य घटाइएको हो ।
एलपी ग्यासको मूल्य भने बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौँ, पोखरा र दिपालय डिपो आसपासका लागि १७० रुपैयाँ पर्ने छ।
डिजेल र मट्टितेल भने १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ तोकिएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











