नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमै सिमित हुने विश्व बैंकको अनुमान
- अशोज १६, २०८०
- 0
विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मै सिमित हुने अनुमान गरेको छ ।
विश्व बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने र सन् २०२५ सम्ममा ५ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।
जलविद्युत उत्पादनको निरन्तर विस्तारसंगै औद्योगिक क्षेत्रको वृद्धि हुने अनुमान विश्व बैंकले गरेको छ ।
त्यस्तै थोक तथा खुद्रा व्यापारले आयात प्रतिबन्ध हटाएर सेवा क्षेत्रको वृद्धिलाई बढावा दिने, पशुपन्छीमा लम्पी स्किन रोगको प्रभाव र धान उत्पादनमा आएको ह्रासका कारण चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धि सुस्त हुने अनुमान विश्व बैंकको छ ।
कमजोर वित्तीय कार्यसम्पादनका कारण सर्वजनिक ऋण बढेर कुल ग्रार्हस्थ उत्पादनको ४१.३ प्रतिशत पुगेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










