भृकुटीमण्डपमा सुरु भयो ‘नाडा अटो शो २०२३’
- भदौ २६, २०८०
- 0
नाडा अटो शो आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
आज एक विशेष कार्यक्रमका बीच अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले शोको उद्घाटन गरेका हुन् ।
शो भदौ ३१ गतेसम्म चल्ने छ । अटो शोमा विभिन्न कम्पनीले नयाँ गाडी सार्वजनिक गरेका छन् ।
अटो शोमा १ सय २० वटा स्टल रहने छन् । जसमा १६ वटा चारपांग्रे, २२ वटा दुईपांग्रे, ७ वटा कमर्सियल गाडी, ३० वटा लुब्रिकेन्टस र पार्टस्ट लगायतका उपकरण राखिएका छन् ।
चारपांग्रेमा विद्युतीय गाडीको बाहुल्य रहेको अटो शोमा १५ अर्ब बढीको बुकिङ तथा कारोबार हुने नाडाको अनुमान छ ।
उक्त प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ।
यसैगरी, प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ्ग पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिंक, फायर सेफ्टी सपोर्टमा हिटको प्रा.लि. एवम् हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल रहेका छन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










