चामल आयात उल्लेख्यरुपमा कमी, दाल र चिनीको आयात पनि घट्यो : विभाग
- साउन १९, २०८०
- 0
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र कुमार थापाले चामल आयातमा कमी भएको बताएका छन् ।
शुक्रबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आयोजित पत्रकार सम्म्ेलनमा महानिर्देशक थापाले आयात कम भएको बताएका हुन् ।
उनले भने ७७/७८ मा ५ लाख ४६ हजार ८ सय ७७ मेट्रिक टन आयात भएको थियो तर ७९/८० मा जम्मा २ लाख २५ हजार मेट्रिक टन मात्र चामल आयात भएको छ । जसले गर्दा डिमाण्ड सप्लाईमा केही कमी भएको जस्तो छ । आयात कम भएको हो । ’
महानिर्देशक थापाले आयात किन कम भएको हो भनेर कृषि विज्ञहरुसंग बुझ्ने क्रमममा गत वर्ष बढी धान उत्पादन भएको खुल्न आएको बताए ।
त्यस्तै दाल र चिनीको आयातमा पनि प्रत्येक बर्ष उल्लेख्यरुपमा कमी आएको पनि उनको भनाइ छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










