सुनको मूल्यमा नयाँ रेकर्ड कायम, आज पाचँ सयले बढ्यो
- जेष्ठ १८, २०८०
- 0
सुनको मूल्य बढेर आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको छ । आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० मा कारोबार भईरहेको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० र चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयामा कारोबार भईरहेको छ ।
अघिल्लो दिन छापावाल सुन १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










