होटल व्यवसायी संघ र सिद्धार्थ बैंकको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
- फाल्गुन ७, २०७९
- 0
नेपाली होटल ब्यबसायी संघ र सिद्धार्थ बैंक लिमिटेड, गोंगबु शाखाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न् भएको छ ।
फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर काठमाडौको गोगबुमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा १५७ युनिट रक्त संकलन भएको नेपाली होटल ब्यबसायी संघका अध्यक्ष गणेश ढकालले जानकारी दिए ।
आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत सिद्धार्थ बैंकसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको बताउदै संघका अध्यक्ष ढकालले मानवीय सेवामा उत्कृष्ट कार्य तथा दान मध्यको सबै भन्दा ठुलो दान रक्तदान गर्ने सबैलाई आभार प्रकट गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।
साना तथा मझौला होटल व्यवसायीहरुको साझा संस्था नेपाली होटल ब्यबसायी संघले रक्तदान लगायत विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











