रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान
- पुस २४, २०७९
- 0
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिसमचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाजले रेसुङ्गा विमानस्थलको लागि आज बिहान ११ः०० बजे डेमो उडान गर्ने भएको हो ।
कुल ३३ करोड लागतमा बनेको विमानस्थल पाँच सय २० मिटर लम्बाई र २० मिटर चौडाइ रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थल २०७५ जेठ २५ गते भएको धुले परीक्षण उडान भएको थियो । २०६३ साल देखि निर्माण कार्य सुरु भएको यस विमानस्थलको १६ वर्ष पछि निर्माण कार्य सम्पन्न भएको हो । डेमो उडान सम्पन्न भए लगत्तै नियमित उडानका लागि आफूहरूले प्रक्रिया अगाडी बढाउने रेसुङ्गा नगरपालिका प्रमुख खिल ध्वज पन्थीले बताए ।
डेमो उडान हुने भएपछि यस जिल्लाका जनतामा निकै उत्साह बढेको छ । आज परीक्षण उडान हुने अवसरमा आज दिनभर रेसुङ्गा नगरपालिकाबाट प्रदान हुने सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्यालले जानकारी दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










