संखुवासभाको मेन्छ्याम हाइड्रोले थाल्यो बिजुली उत्पादन
- पुस १४, २०७९
- 0
संखुवासभाको मेन्छ्याम हाइड्रो पावरले अन्तिम परीक्षणपछि विद्युत उत्पादन शुरु गरेको छ। चैनपुर नगरपालिका-२ पिलुवा खोलामा निर्मित ४ दशमलव ७२ मेगावाट क्षमताको आयोजनाले विद्युत उत्पादन थालेको हो।
मेन्छ्यामबाट उत्पादित बिजुली चैनपुरकै बानेश्वरस्थित २२० केभीको सब-स्टेशनमा जोडिनेछ। १ अर्ब रूपैयाँभन्दा बढीको लागत लागेको आयोजना निर्माण गर्न ६ वर्ष लाग्यो। आयोजनामा नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको ऋण लगानी छ।
आयोजनाको उद्योगपति विनोद चौधरीले उदघाटन गरेका थिए। संखुवासभाको चैनपुर नगरपालिका–२ मा उक्त आयोजना निर्माण भएको छ। सब–स्टेसनसम्म लाइन जोडिइसकेको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










