आयल निगमले घटायो इन्धनको मूल्य, पेट्रोल-डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३ रुपियाँ कमि
- पुस १, २०७९
- 0
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३–३ रुपियाँ घटाएको हो ।
मूल्य घटेसँगै पेट्रोलको प्रतिलिटर मूल्य १७८, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७५ पर्नेछ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
यसअघि भारतीय आयल कर्पोरेसन ९आईओसी०ले पटकपटक मूल्य घटेको सूची पठाए पनि मूल्य समायोजन नगरेको निगमले शुक्रबार भने तीन रुपियाँ घटाएको हो। निगमले विज्ञप्ति सार्वजनिक गर्दै घटेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने जनाएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











