भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य
- मंसिर १६, २०७९
- 0
बिहीबार भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ मूल्य घटाएर पठाएको हो ।
बिहीबारको नयाँ मूल्यअनुसार नेपाल आयल निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी नाफा रहेको छ भने निगमलाई सबै गरेर अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रूपैयाँ नाफा हुनेछ।
भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य घटाउन या नघटाउने त्यसबारे कुनै छलफल नभएको बताइएको छ ।
भारटमाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि निगमले आइओसी र नेपाल सरकारको गरेर अझै १५ अर्ब रूपैयाँ ऋण तिर्न बाँकी रहेको र तत्काल पेट्रोल र डिजेलको मूल्य घटाउनेबारे टुंगो लगाइएको छैन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










