प्रभु बैंकद्वारा भिसा डाइरेक्ट सेवा सञ्चालनमा
- कार्तिक २५, २०७९
- 0
प्रभु बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इण्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको शुरुवात गरेको छ ।
यस सेवामार्फत् बैंकको भिसा डेविट कार्डका ग्राहकहरुलाई विदेशबाट बिना झण्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने जनाइएको छ ।
यस सेवा अन्तर्गत् भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा वढी देशहरुबाट नेट बैंकिङ, मोबाइल वा एटीएम मार्फत् बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै स्थानबाट नेपालमा रहेका आफन्तजनहरुलाई सरल, सहज र सुरक्षित तरिकाले चाहेको समयमा नै रकम पठाउन सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










