आजदेखि एमडीएमएस कार्यान्वयनमा, अब दर्ता नभएका मोबाइल नचल्ने
- भदौ ३०, २०७९
- 0
आजदेखि अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लाग्ने भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गर्न लागेसँगै अवैध मोबाइलमा प्रतिबन्ध लाग्न लागेको हो ।
विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित प्राधिकरणले आजदेखि एमडीएमएस कार्यान्वयन गर्न थालेको जनाएको छ ।
आजसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वतह एमडीएमएसमा दर्ता हुने पनि प्राधिकरणले जनाएको छ । तर अब मोबाइल किन्दा mdms.nta.gov.np गइ दर्ता भए /नभएको यकिन गरेर मात्रै किन्न पनि प्राधिकरणले आग्रह गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










