डिजेल र मट्टीतेलको मूल्य लिटरमा ६ रुपियाँ बढ्यो
- भदौ १६, २०७९
- 0
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ६ रुपियाँले बढाएको छ ।
बिहीबार साँझ आयल निगमले विज्ञप्ति सार्वजनिक गर्दै डिजेल र मट्टीतेलको मूल्य बढाएको हो ।
अब डिजेल र मट्टीतेलको मूल्य लिटरको १७८ रुपियाँ पुगेको छ । यसअघि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ रुपियाँ थियो।
पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











