डलरको मूल्य हालसम्मकै उच्च
- रोजगारमञ्च
- असार ९, २०७९
- 0
अमेरिकी डलरको भाउ बढ्दै जाँदा भारतसँग स्थिर विनिमय रहेको नेपाली रुपैयाँको मूल्य हालसम्मकै उच्च बनेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ७२ पैसा तोकेको छ । बुधबार डलरको बिक्री मूल्य १२५ रुपयाँ २२ पैसा थियो । डलर मजबुती हालसम्म कै उच्च बनेपछि डलर खरिदका लागि लगानी गर्नुपर्ने नेपाली रुपैयाँ धेरै हुनेछ । आयातमा आधारित अर्थतन्त्रका कारण डलरको मजबुतीले आयातमा बाहिरिने रकम बढ्नेछ ।
डलरको भाउ बढ्दा वैदेशिक रोजगारबाट पठाउने रेमिट्यान्समा भने बृद्धि हुने छ ।डलर सञ्चिति र शोधनान्तर घाटा गहिरिएको बेला डलरको मजबुतीले अर्थतन्त्रमा थप संकट निम्त्याउने जोखिम बढ्ने जानकारहरु बताउँछन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










