सय मेगावाटको तामाकोशी-भी आयोजनाका लागि करिव १६ अर्बको लगानी स्वीकृत
- जेष्ठ २३, २०७९
- 0
लगानी बोर्डले एकसय मेगावाटको तामाकोशी-भी आयोजनाको लगानी स्वीकृत गरेको छ ।
सिंहदरबारमा आज बसेको बैठकले तामाकोशी-भी आयोजनाका लागि करिव १६ अर्बको लगानी स्वीकृत गरेको हो । बैठकले ४० मेगावाटको रौघाट जलविद्युत आयोजनाको लागि पनि लगानी स्वीकृत गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्टले जानकारी दिए ।
७५० मेगावाट विद्युत क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना निर्माणका बिषयमा अध्ययन समितिले बैठकमा प्रतिवेदन बुझाएको उनले बताए । भट्टले अपर कर्णाली वित्तीय व्यवस्थापन म्याद थप सम्बन्धि आवश्यक निर्देशन पनि बोर्डबाट प्राप्त भएको जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय आयोजनाहरुलाई तीव्ररुपमा अघि बढाउन निर्देशन दिएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










