पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै हवाई भाडा पनि बढ्यो, कुन रुटको भाडा कति ?
- जेष्ठ ९, २०७९
- 0
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै हवाई भाडा पनि वृद्धि गरिएको छ ।
आइतबार हवाई उडानतर्फ आन्तरिक र बाह्य इन्धनको मूल्य वृद्धि भएसँगै सोमबार एक सूचना जारी गर्दै वायु सेवा सञ्चालक संघले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँले भाडा वृद्धि गरेको हो ।
जारी विज्ञप्तिअुनसार सबैभन्दा बढी हवाई भाडा काठमाडौं–धनगढीको रहेको छ । ४४५ रुपैयाँले वृद्धि गरिएको उक्त रुटको भाडा १५ हजार ६६५ रुपैयाँ पुर्याइएको छ ।
काठमाण्डौ–नेपालगञ्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ, विराटनगर ९ हजार ३२५, जनकपुर ४ हजार २५०, भरतपुर ४ हजार ४३५, पोखरा ६ हजार ३०५ रुपैयाँ, भैरहवा ७ हजार ८८० रुपैयाँ पुगेको छ । काठमाडौं–सिमरा ९० रुपैयाँले वृद्धि भएको छ ।
सोमबार जारी सूचना गरिएको हवाई भाडा जेठ ११ गतेदेखि लागू हुने संघले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











