भारतबाट पेट्रोलियम पदार्थको मूल्य पुन: बढेर आयो
- जेष्ठ ३, २०७९
- 0
भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपालमा पठाएको पेट्रोलियम पदार्थको मूल्यमा पुन बढाएर पठाएको छ।
प्रत्येक १५ दिनमा मूल्य सूची पठाउँदै आएको आईओसीले नयाँ मूल्य सूची पठाउँदा बढाएर पठाएको हो।
यससँगै निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको छ। यसअघि निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८४.०२ रुपैयाँमा थियो ।
डिजेलको खरिद मूल्य १८८.३३ पुगेको छ भने मट्टितेलको खरिद मूल्य १ सय ४० रूपैयाँ ३६ पैसा पुगेको छ। निगमले जारी गरेको विज्ञप्तिमा भारतीय निगमले पठाएको मूल्यसूचीअनुसार नयाँ खरिद लागत अनुसार प्रतिलिटर पेट्रोलमा २२ रुपैयाँ ९४ पैसा र डिजेलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको छ ।
दुई दिनअघि मात्रै निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गरेको थियो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










