नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत कायम रहने विश्व बैंकको प्रक्षेपण
- बैशाख ८, २०७९
- 0
सरकारले ७ प्रतिशत हाराहारी आर्थिंक वृद्धिदरको लक्ष्य राखेकोमा विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र कायम रहने अनुमान गरेको छ ।
विश्व बैंकले गत पुसमा ३।९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेकोमा बिहीबार नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र कायम रहने अनुमान गरेको हो ।
खासगरी बाह्य क्षेत्रमा परेको तीव्र दबावको प्रभाव अर्थतन्त्रमा समेत पर्ने देखिएको हो । जसमा रुस र युक्रेनको युद्ध र उसले निम्त्याएको महंगी एक कारण हो ।
६ महिनाको अवधिका तथ्यांकहरुको विशलेषण गर्दै विश्व बैंकले कमजोर विकास खर्चको अवस्थालाई समेत चित्रण गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










