उपकार लघुवित्तको आईपीओ आजबाट बिक्री खुला
- चैत्र २५, २०७८
- 0
उपकार लघुवित्तले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो। जसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गर्ने छ। योमध्ये ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ० दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।
बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










