डिशहोम फाइबरनेटको सहवितरक सोरुम अब सतुङ्गलमा
- फाल्गुन १, २०७८
- 0
डिशहोम फाइवरनेटले काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङ्गलमा सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । माघ २७ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन ईलेक्ट्रोहोम डिटीएच नेटवर्कले गर्ने भएको छ ।
सोरुमको समुद्घाटनमा डिशहोमका तर्फबाट एरिया सेल्स म्यानेजर उज्वल न्यौपाने, सेल्स अफिसर मदन सापकोटा, मार्केटिङ्गबाट दिनेश रतन र अनिल ठाकुरको उपस्थिति रहेको थियो । त्यस्त सिएम टे«डिङको तर्फबाट सेल्स म्यानेजर सुनिलबाबा भट्ट, सेल्स अफिसर विक्रम लामाको उपस्थिती रहेको थियो ।
डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको ईलेक्ट्रोहोम डिटीएच नेटवर्कले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिन्छ । २ सय बढी ग्राहकलाई डिशहोमको फाइबरनेट उपलब्ध गराएको ईलेक्ट्रोहोमले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि नयाँ सोरुमले मद्वत गर्ने सञ्चालक सरोज लामिछानेले बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










