नेपाल बङ्गलादेश बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
- पुस २५, २०७८
- 0
नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ ।
नेपाल राष्ट्र बैंकको ‘वित्तिय साक्षरता नीति’लाई अवलम्बन गर्दै बैंकले भोजपुर बहुमुखी क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
उक्त कार्यक्रममा क्याम्पसका १७० जना विद्यार्थीहरू सहभावी थिए । कार्यक्रममा भोजपुर शाखा प्रमुख विनोद पाण्डेले विद्युतिय भुक्तानी प्रणालीको प्रयोग तथा उपयोगिताका बारेमा विद्यार्थीहरुलाई जानकारी गराए । उनले नेपाल राष्ट्र बैंकले नै नगदरहित विद्युतिय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने योजना अगाडी सारेको जानकारी गराएका थिए ।
बैंकले हाल देशभर एक सय वटा शाखा कार्यालयमार्फत सेवाग्राहीलाई सेवा दिँदै आएको छ । यस्तै, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










