फेरि मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैङ्क
- मंसिर २२, २०७८
- 0
नेपाल राष्ट्र बैङ्कले फेरि बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब २५ करोड रुपियाँ लगानी गर्ने भएको छ ।
राष्ट्र बैङ्कको कर्मचारी सुरक्षण कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा ३६५ दिन अवधिका लागि लगानी गर्न लागेको हो ।
वाणिज्य बैङ्कमा एक अर्ब रुपियाँ, विकास बैङ्कमा १८ करोड ७५ लाख रुपियाँ र वित्त कम्पनीमा छ करोड २५ लाख रुपियाँ गरी कुल एक अर्ब २५ करोड रुपियाँ लगानी गर्न लागेको राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कले आगामी पुस १ गतेदेखि २०७९ मङ्सिर २९ गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको कुल निक्षेप रकम चार अर्ब ३० करोड रुपियाँ पुगेको छ । यसअघि नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब पाँच करोड रुपियाँ बैङ्क तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने सूचना जारी गरिसकेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










