माछापुच्छ्रे बैंकको थप ७ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन
- भदौ २०, २०७८
- 0
माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ७ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
बैंकले गोरखाको पालुङ्गटार नगरपालीका ६, काठमाडौको कीर्तिपुर नगरपालिका मैत्रिनगर, नुवाकोटको लिखु गाउँपालिका २ थान सिंह, चितवनको रत्ननगर नगरपालिका ५, चितवनकै रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलबस्तुको शिवराज नगरपालिका ३, सिराहाको सुखिपुर नगरपालिका २ छजना चोकमा गरि जम्मा ७ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










