बुधबारबाट आन्तरिक उडानमा फेससिल्ड लगाउन नपर्ने
- भदौ १६, २०७८
- 0
आन्तरिक वायुसेवा प्रदायकहरूले यात्रुहरूलाई उपलब्ध गराउँदै आएको फेससिल्ड बुधबारदेखि हटाउने भएका छन् ।
विश्वमा अन्य कुनै वायुसेवाले फेससिल्ड अनिवार्य नगरेको र सुरक्षित तवरले मास्क लगाएको खण्डमा सुरक्षित रहन सकिन्छ भन्ने पुष्टि भइसकेको अवस्थामा वायुसेवा सञ्चालक सङ्घले विज्ञप्ति जारी गर्दै फेससिल्ड हटाउने घोषणा गरेको जनाएको छ ।
सङ्घले नेपाली यात्रुहरूलाई मास्कसँगै फेससिल्डको प्रयोगले असहजता सिर्जना गर्नुका साथै प्रयोगमा आइसकेका फेससिल्डहरू विमानस्थलहरूमा जथाभावी फाल्दा असुरक्षित भई वातावरणीय समस्यासमेत देखिएको सङ्घले जनाएको छ ।
बुधबारदेखि यात्रुलाई अनिवार्य रूपमा मास्कको प्रयोगलाई नै प्राथमिकता दिएर यात्रा गराउने पनि सङ्घले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










