पेन्सन लिन बैंक हाजिर हुनु पर्ने व्यबस्था असार मसान्तसम्मका लागि हटाइयो
- बैशाख १८, २०७८
- 0
कोरोना संक्रमण अवस्था विकराल बन्दै गए पछि महालेखा नियन्त्रक कार्यालयले पेन्सन लिने बैंकमा उपस्थित हुनु पर्ने व्यवस्थालाई हटाएको छ ।
सरकारी सेवाबाट निवृत्त भई निबृत्तिभरण पाइ राख्नु भएका निबृत्तभरकहरुले बैंकमा ६-६ महिनामा अनिवार्य रुपमा बैंकमा हाजिर हुनु पर्ने व्यवस्था थियो ।
कार्यालयले यस व्यवस्थालाई सरकारको संचित कोषबाट स्वीकृत बजेटको परिधि भित्र हुने गरी पेन्सन वितरण गर्ने गरी यो व्यवस्थालाई असार मसान्तसम्मका लागि लागु गरेको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिनुभयो । निवृत्तीभरण आफ्नो बैंक खाताबाट सोझै लिन सकिने व्यवस्था समेत गरेको पौडेलले जानकारी दिनुभयो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










