आईएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसेडरमा मनिषा कोइराला
- पुस २७, २०७७
- 0
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेसेडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृति कवि फुयाँल र नायिका कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यससँगै अब कोइराला आईएमई लाइफको जीवन बीमाको ब्राण्ड दुतको भुमिकामा रहनेछिन् । कोइरालाले अब कम्पनीको ब्राण्ड र यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्नेछिन् ।
कोइरालासँगको सहकार्य घोषणा गर्दै आईएमई लाइफको सिईओ फुयाँलले भने, मनिषा कोइरालासँग सहकार्य गर्न पाउँदा हामी धेरै उत्साहित छौँ । कम्पनीले यो सम्झौता पुस २४ गतेबाट लागु हुनेगरी गरिएको जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










