नेपाल बङ्गलादेश बैंकद्वारा सामुदायिक विकास समितिलाई आर्थिक सहयोग
- मंसिर १९, २०७७
- 0
नेपाल बङ्गलादेश बैंकले काठमाडौं महानगरपालिका वडा नं ३२ सुविधानगरस्थित सामुदायिक विकास समितिलाई ३ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ ।
बैंकको कमलादीस्थित प्रमुख कार्यलयमा भएको कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह र प्रमुख संचालन अधिकृत सुरेश देवकोटाले समितिका सचिव हर्कबहादुर भट्टराईलाई रकम हस्तान्तरण गरेका थिए ।
सो समितिले स्थापना काल देखिनै आफ्नो क्षेत्र भित्र बाटो, दल, खानेपानी, विजुलीवत्ती, टोल सुधार मर्मत, मन्दिर निर्माण, पार्क उद्यान निर्माण तथा सरसफाईको कार्य अनवरत रुपमा गर्दै आएको छ ।
हस्तान्तरण गरिएको रकम सो समितिले निर्माण गरेको एक सामुदायिक पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद तथा सोहि पुस्तकालयको व्यवस्थापनका लागि उपयोग गरिने समितिका सचिव भट्टराईले बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










