हङकङको केएमइबाट पठाएको रकम अब जिएमइबाट पाउन सकिने
- कार्तिक ३०, २०७७
- 0
हङकङको ख्यातिप्राप्त रेमिटान्स कम्पनी केएमइ रेमिटान्स र जिएमइ रेमिटबीच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएको छ ।
हङकङमा हुने नेपालीले केएमइ रेमिटान्सको सेवा प्रयोग गरी जिएमइ रेमिटको माध्यमबाट नेपालमा रहेका आफ्ना आफन्तलाई पैसा पठाउन सकिने कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको हो ।
नेपालमा जिएमइ रेमिटसँग आबद्ध १० हजारभन्दा बढी एजेन्टबाट सजिलै नगद भुक्तानी लिन सकिनेछ भने नेपालको जुनसुकै बैंकको खातामा आउने तुरुन्त रकम झिक्न मिल्नेगरी जम्मा गर्न सकिने साथै मोबाइल वालेटमा समेत लोड गर्न सकिने सुविधा उपलब्ध छ ।
उक्त सम्झौतामा जिएमइ रेमिटका तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकरी अधिकृत दिवाकर पौडेल र केएमइ रेमिटान्स लिमिटेडको तर्फबाट निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद ढकालले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।
जिएमइ रेमिट प्रालिले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हासिल गर्न सफल भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










