पुनर्कर्जाका लागि सबैभन्दा धेरै माग होटल क्षेत्रबाट
- कार्तिक २१, २०७७
- 0
कोभिड प्रभावित उद्योग व्यवसायका लागि प्रवाह गर्न लागिएको पुनर्कर्जा वितरण अन्तिम चरणमा रहेको केन्द्रीय बैंकले जनाएको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवस्था भए बमोजिम कोभिडबाट वढी प्रभावित क्षेत्रका लागी सहज ढंगबाट पुनर्कर्जा उपलव्ध गराउन केन्द्रीय बैंक यतिबेला प्राप्त निवेदनको मूल्याङ्क गरि स्वीकृत गर्ने चरणमा रहेको छ ।
आगामी मंसिर महिनामा ठूलो परिमाणमा पुनर्कर्जा प्रभाव हुने प्रक्रियामा रहेको केन्द्रीय बैंकले जनाएको छ। अहिले सम्म १ खर्ब १३ अर्बको पुनर्कर्जा माग आएको केन्द्रीय बैंकको भनाइ छ।
पुनर्कर्जाका लागी सबै भन्दा बढी माग होटल क्षेत्रको रहेको छ ।
चालु आर्थिक बर्षमा हाल सम्म ५ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको छ ।
चालु आर्थिक वर्षमा २ खर्व १२ अर्ब रुपैयाँ सम्म पुनर्कर्जा दिन सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










