कामना सेवा र सिद्धार्थ बैंकबीच विप्रेषण सम्बन्धी सम्झौता

news-details

कामना सेवा विकास बैंक लि र सिद्धार्थ बैंक लि बीच विप्रेषण सम्बन्धी कारोबारको लागि एक अर्काको प्रतिनिधी भई सहकार्य गर्ने गरी सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतापछि ग्राहकले अझै सहज रुपले विप्रेषण सम्बन्धी सेवा लिन सक्ने र बैंकको व्यवसाय विस्तारमा पनि सहयोग पुग्ने दुबै बैंकले विश्वास लिएका छन् ।

कामना सेवाकातर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा सिद्धार्थ बैंकका तर्फबाट विप्रेषण विभाग प्रमुख पंकज पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मूल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न भागहरूमा १२४ वटा शाखा तथा ६६ वटा एटीएममार्फत ग्राहकहरूलाई आफ्नो सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया