आई पे रेमिट र ई–सेवा बीच डिजिटल कारोबारका लागि सम्झौता
- असार २३, २०७७
- 0
आई पे रेमिट र ई–सेवा बीच डिजिटल कारोबारका लागि सम्झौता भएको छ । आई पे रेमिटको तर्फबाट कार्यकारी निर्देशक इन्द्र प्रसाद शर्मा र ई–सेवाका प्रमुख कार्यकारी अधिकृतसुभाष सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
आ. ब. सिस्टम इन्ट्रिग्रेसन पश्चात आई पे रेमिटका ८००० भन्दा बढी भुक्तानी काउन्टरबाट सजिलै ई–सेवा वालेटमा पैसा जम्मागर्न सकिनुका साथैआई पे रेमिट मार्फत नेपाल भरबाट पठाएको रकम ई–सेवा वालेटबाट सजिलै प्राप्त गर्न सकिने छ ।
यसबाट ग्राहकमा थप सुविधा पुग्ने आई पे रेमिटका बजार प्रमुख रुप नारायण श्रेष्ठले बताए । आई पे रेमिटले मलेशिया, जापानलगाएत विश्वका विभिन्न मुलकबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










