सेञ्चुरी बैंकद्वारा रुकुमको चौरजहारी अस्पताललाई २० थान पीपीई सहयोग
- बैशाख १७, २०७७
- 0
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रुकुममा कोरोना भाइरसको परिक्षण गरिरहेको एक मात्र अस्पताल चौरजहारीलाई २० थान पीपीई सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले उपरोक्त पीपीई रुकुमका कुमार कठायतलाई हस्तान्तरण गरेका हुन ।
साथै सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कोभिड–१९ को रोकथामको लागी प्रत्येक प्रदेश सरकारलाई पाँच-पाँच लाख र संघिय सरकारलाई पचास लाख गरि कुल पचासी लाख प्रदान गरिसकेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










